१६ चैत्र २०८०, शुक्रबार

भारतले नेपाली भुमी अतिक्रमण गरेपछी कालापनीक्षेत्रमा यस्तो ठाउँमा सशस्त्र प्रहरीको बिओपी (भिडियो)

changru bop nepal

गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टर मार्फत दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुको (गागा)मा २५ सशस्त्र प्रहरी पुर्‍याएर बिओपी स्थापना गरिएको छ । सो स्थानमा एक हेलिप्याड समेत बनाएर सशस्त्र प्रहरी बल सिमा सुरक्षार्थ रहेका छन् ।

नेपालले असहमती जनाए पनि भारतले एकतर्फी रुपमा बिओपिको ठिक अगाडी, खोला पारिबाट सडक निर्माण प्रकृया भने रोकेको छैन । हाल बिओपी स्थापनाको लागी सशस्त्र प्रहरी बल अस्थाई शिविर बनाएर बसेको छ ।

भारतले मानसरोवर जोड्ने सडक नेपाली भुमीमा बनाएपछी , के पि ओली नेतृत्व सरकारले नेपाल भुमीमा भारतले गरेको कार्यको लागी भारतिय राजदुतलाई बोलाएर कूटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ । तत्पश्चात नेपाल सरकारले भारतलाई सिमा सम्बन्धी छलफलको लागी आव्हान नगरेको होईन, तर भारतले बारम्बार उक्त भुमीलाई आफ्नो दाबी गरेको छ ।

भारतले नेपाली भुमी अतिक्रमण गरेपछी नेपाल सरकारले संविधान संशोधन गरी नेपालको छुटेका भुभाग समेटेर नयाँ राजनैतिक नक्शा जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍का दुवै सदनबाट बहुमतले पारित गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण हिजो (बिहिबार)गरेकी छिन् ।

संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो।

विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ । विसं २०७४ को अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजनाअनुहार हाल १३० सञ्चालनमा ल्याइएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् । छाङ्रुबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु करीब ८० किमी र छाङरुबाट गुञ्जी दोभान १० किमीको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमी टाढा छ । कालापनीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्छ ।

apf kalapani

सो क्षेत्रमा भारतीय सुरक्षा फौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धि बमोजिम कालीनदीदेखि पूर्वतर्फ नेपाल हो । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले विशेष कुराकानीका क्रममा छाङ्रुमा बिओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुशी भएको, उनीहरुले सुरक्षित महसुश गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरु गाउँ फर्कन थालेको बताए । 

बजेट विनियोजनपछि छाङ्रुमा सशस्त्र प्रहरी बल नेपालले भवन निर्माण प्रक्रिया शुरु गरिसकेको छ । सरकारले भवन निर्माणका लागि रु ११ करोड बजेट छुट्याइसकेको छ । गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो ।

भिडियो स्रोत:एजेन्सी