१५ बैशाख २०८१, शनिबार

प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

सरकारको नीति तथा कार्यक्रमबारे दलका नेताहरुको प्रतिक्रिया 6

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सरकारी वकिलको कार्यालयले दिएको समयभन्दा केहिदिन समय लगाएर प्रहरीले अन्तिम फाइल बुझाएको हो । फाइल अध्ययन गरेर अदालतमा मुद्दा दर्तागर्ने सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

सोमबार नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाँैमा बुझायो । निर्धारित समयभन्दा केहिदिन बढि समय लगाएर प्रहरीले ३२ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिएको छ ।

१६ जना पक्राउ परेका र बाँकी १६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको । सोहीअनुसार सरकारी वकिलको कार्यालयले फाइल बुझेको बताएको छ ।

यसअघि प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो । यो प्रकरणमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ । प्रहरी अनुसन्धानको प्रतिवेदन अध्ययन गरेर अदालतमा मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल,कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाणका सहयोगी नरेन्द्र केसी पक्राउ परेका छन् ।

त्यस्तै, गृह मन्त्रालय मातहतको हज समितिका अध्यक्ष शमशेर मिया, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, टेक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी गरी १६ जना पक्राउ परेका थिए । अन्य फरार प्रतिवादीलाई समेत मुद्धा चलाउनु पर्ने प्रहरीको निष्कर्ष निकालेको छ ।

    सम्बन्धित समाचार...