८ बैशाख २०८१, शनिबार

नक्कली शरणार्थी प्रकरण : पूर्वप्रधानमन्त्री ओली र देउवाको पनि बयालन लिन सांसद सुवालको माग

Prem Suwal
फाइल फोटो

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुवालले प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीको कामकारवाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणमा दुई जना तत्कालीन उपप्रधानमन्त्री र गृहमन्त्री प्रहरी हिरासततमा रहेकाले यसमा पूर्वप्रधानमन्त्री पनि संलग्न भएको आशंका उनले व्यक्त गरे।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४ सय नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका छिराइएको अभिव्यक्ति दिएकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।

एक पूर्वप्रधानमन्त्रीले ४ सय नेपालीलाई भूटानी शरणार्थी बनाएर १० वर्षअगाडि नै अमेरिका छिराएको प्रमाण आफूसँग भएको सार्वजनिक रूपमै बोलेको सरकारलाई थाहा छैन र ? उनले प्रश्न गरे।

यसैगरी जापानमा राजवंशी कोटा खुल्यो भनी ४ सय जनाबाट ३ सय करोडभन्दा बढी ठगी गर्ने गिरोहसँग पनि मन्त्रीको संलग्नता रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे।

अमेरिकाको एक प्रतिवेदनमा भारतीय जनता पार्टी (भाजपा)ले नेपाली शासक दललाई हिन्दू राज्य बनाउन भन्दै रकम दिएकोबारे पनि उनले सरकारको जवाफ माग गरेका छन्।

    सम्बन्धित समाचार...