२३ बैशाख २०८१, आईतवार

रघुजी पन्तको ठट्टाः ‘प्रधानमन्त्रीज्यू ह्याण्डसम देखिनु भएको छ,’ प्रचण्डको जवाफ, ‘तपाईँको आँखालाई धन्यवाद’

raghuji pant

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई व्याङ्ग्य गर्दै खाइलाग्दो देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनता पनि प्रधानमन्त्रीजस्तै खाइलाग्दो देखिन आवश्यक रहेको बताए ।

‘आज धेरै दिनपछि देखेर होला, प्रधानमन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको त होइन होला, प्रधानमन्त्रीज्यू पहिलेको भन्दा ह्याण्डसम देखिनु भएको छ । दौरासुरुवाल लाएर आउनु भएको छ, खाइलाग्दो पनि देखिनु भएको छ । कामना छ प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनु भएको छ । नेपाली जनता पनि त्यस्तै खाइलाग्दा देखिउन्’– एमाले सांसद पन्तले भने ।

उनको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राम्रो देख्नु भएछ तपाईँको आँखालाई धन्यवाद भनी जवाफ दिए । ‘माननीय सदस्यले मेरो अलिधेरै नै प्रशंसा भनौं कि व्यङ्ग्य के भन्ने हो ? त्यसको लागि धन्यवाद । म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन । मेरो तौल चाहिँ घटिराखेको छ । तपाईले राम्रो देख्नु भएछ, तपाईँको आँखालाई धन्यवाद !’ प्रधानमन्त्री प्रचण्डले भने ।

    सम्बन्धित समाचार...