१३ बैशाख २०८१, बिहीबार

यी अभिनेत्रीलाई ‘विवाह’पछि विवाह प्रस्तावको ओइरो

amrita rao

अभिनेत्री अमृता रावले सन् २००६ मा रिलिज फिल्म ‘विवाह’मार्फत बलिउडमा पहिचान पाइन् । यो उनको करियरको सबैभन्दा उत्कृष्ट र हिट फिल्ममध्ये एक हो ।

हालैमात्र उनले फिल्ममा काम गर्दाको अनुभव सुनाएकी थिइन् । उनका अनुसार ‘विवाह’मा काम गरेपछि उनलाई टाढा–टाढाबाट विवाहको प्रस्ताव आएका थिए ।

प्रोडक्सन व्यानर राजश्री प्रोडक्सनको युट्युब च्यानललाई दिएको अन्तर्वार्तमा अमृताले फिल्मको दिनको सम्झना गरेकी छन् । ‘जब फिल्म रिलिज भयो, तब मलाई विवाहका लागि धेरै प्रस्ताव आउन थाले । भारतमा त्यो बेला यति धेरै स्मार्ट फोन थिएनन्, त्यहीकारण मलाई धेरै चिठी क्यानडा र अमेरिकाबाट आए,’ अमृता भन्छिन् ।

अमृताका अनुसार उनलाई मानिसहरुले आफ्नो घर, आमा र कारको तस्वीर पठाउँथे । ‘यी कुरा देखेर मलाई हाँस उठ्थ्यो । तर जब म पछाडि फर्किन्छु, एउटा भूमिकाको असर मानिसमा कतिसम्म पर्दोरहेछ भनेर चित्त बुझाउँछ । यो निकै जादुमयी कुरा थियो’, अमृता बताउँछिन् ।

    सम्बन्धित समाचार...