१६ बैशाख २०८१, आईतवार

बिजुलीको हाइटेन्सन लाइनमा किन चढेका थिए माझी ?

pole

शनिबार बिहान मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी घर नजिकैको बिजुलीको हाइटेन्सन लाइन प्रशारण भएको पोलमा चढे ।

घरअगाडिको सडकमा बनेको रिटेनिङ वाल कमसल भएको भन्दै विरोधस्वरुप उनले आफ्नो ज्यान नै दाउमा लगाए । एघार घण्टापछि पोलबाट ओर्लिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो । तर, प्रष्ट कानूनको अभावमा उनी रिहा भए ।

बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै शनिवार विहान ५ बजे घर नजिकै रहेको हाइटेन्सन लाइनको पोलमा चढे । एक लाख ३२ हजार भोल्टको बिजुली प्रवाह भइरहेको पोलबाट झर्न सुरक्षाकर्मीले गरेको एघार घण्टाको प्रयासपछि उनी बल्ल झरे ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती गर्न सक्ने अवस्था थिएन ।

बुढीगंगाका अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरुले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी ओर्लिए । ओर्लने बित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको थियो । तर आवश्य कानून अभावमा उनलाई प्रहरीले गर्ने बाटो नभएपछि माझीलाई आइतबार विहान प्रहरीले रिहा गरेको छ ।

जतिबेला माझी पोलमा चढेका थिए, त्यसबेला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष धनकुटामा थिए । घटनाबारे थाहा पाएपछि लगत्तै घटनास्थल पुगेका अध्यक्ष र उपाध्यक्षले माग सम्बोधन गर्ने भनेपछि उनी पोलबाट ओर्लिएका हुन् । यसअघि गत वर्ष जेठमा नुवाकोटका एक युवा पनि हाइटेन्सन लाईनमा चढेका थिए । विद्युत प्रवाह नभएका बेला परेकाले उनको ज्यान बाँचेको थिए । मानसिक रोग भएको निर्क्योल गर्दै उनलाई सुधारगृहमा राखिएको थिए ।

    सम्बन्धित समाचार...