१५ चैत्र २०८०, बिहीबार

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयनमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व

Nefta nominations

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे । यस संस्करणमा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ ।

मनोनयन अनुसार ‘उत्कृष्ट अभिनेता’मा दयाहाङ राई, विपिन कार्की र दीपकराज गिरीसँग अनमोल केसी र प्रदिप खड्काको प्रतिष्पर्धा देखिएको छ । त्यस्तै अभिनेत्रीतर्फ अरुणा कार्की, मेनुका प्रधान र सृष्टि श्रेष्ठसँग स्वस्तिमा खड्का र मिरुना मगरको प्रतिष्पर्धा देखिएको छ ।

सार्वजनिक मनोनयन अनुसार ‘उत्कृष्ट अभिनेता’ तर्फ ‘फूलबारी’बाट विपिन कार्की, ‘कबड्डी ४’ बाट दयाहाङ राई, ‘छक्का पन्जा ४’बाट दीपकराज गिरी, ‘ए मेरो हजुर ४’बाट अनमोल केसी र ‘प्रकाश’बाट प्रदीप खड्का मनोनयनमा परेका छन् ।

त्यस्तै ‘उत्कृष्ट अभिनेत्री’तर्फ ‘फूलबारी’बाट अरुणा कार्की, ‘चिसो मान्छे’बाट स्वस्तिमा खड्का, ‘पानी फोटो’बाट मेनुका प्रधान, ‘द सिक्रेट अफ राधा’बाट सृष्टि श्रेष्ठ र ‘कबड्डी ४’बाट मिरुना मगर मनोनयनमा परेका छन् ।

यस्तै ‘उत्कृष्ट फिल्म’तर्फ ‘कबड्डी ४’, ‘छक्कापन्जा ४’, ‘ऐना झ्यालको पुतली’, ‘द सिक्रेट अफ राधा’ र ‘चिसो मान्छे’ मनोनयन परेका छन् ।

उत्कृष्ट फिल्म
कबड्डी ४
छक्का पन्जा ४
ऐना झ्यालको पुतली
द सिक्रेट अफ राधा
चिसो मान्छे

उत्कृष्ट निर्देशक
रामबाबु गुरुङ ‘कबड्डी ४’
हेमराज विसी ‘छक्का पन्जा ४’
सुर्वण थापा ‘द सिक्रेट अफ राधा’
ज्ञमनेन्द्र देउजा ‘झिंगे दाउ’

उत्कृष्ट अभिनेता
विपिन कार्की, ‘फूलबारी’
दयाहाङ राई, ‘कबड्डी ४’
दीपकराज गिरी, ‘छक्कापन्जा ४’
अनमोल केसी, ‘ए मेरो हजुर ४’
प्रदीप खड्का, ‘प्रकाश’

उत्कृष्ट अभिनेत्री
अरुणा काकी, ‘फूलबारी’
स्वस्तिमा खड्का, ‘चिसो मान्छ’
मेनुका प्रधान ‘पानी फोटो’
सृष्टि श्रेष्ठ ‘द सिक्रेट अफ राधा’
मिरुना मगर ‘कबड्डी ४’

उत्कृष्ट सह अभिनेता पुरुष
रवि गिरी
खगेन्द्र लामिछाने
केदार घिमिरे माग्ने बुढा
सौगात मल्ल, ‘कबड्डी ४’
दयाहाङ राई, ‘कबड्डी ४’

उत्कृष्ट सह अभिनेत्री महिला
दिया मास्के
हिउँवाला गौतम
सिरु विस्ट
लक्ष्मी बरदेवा
दिपाश्री निरौला

डेब्यू अभिनेता
सुशील खड्का ‘नालापानी’
कुशल विष्ट ‘झिँगेदाउ’
निशान चौहान ‘डेसान’
दिनेश खत्री ‘ऐना झ्यालको पुतली’
राइडर प्रसान ‘प्रेमगन्ज’

डेब्यू अभिनेत्री
कृष्टिना गुरुङ ‘प्रेमगीत ३’
कन्चन चिमरिया ‘ऐना झ्यालको पुतली’
रक्षा बुढाथोकी ‘लाखे’
सुप्रिया खनाल ‘प्रेमगन्ज’
गौमाया गुरुङ ‘कबड्डी ४’

उत्कृष्ट कलर
रजन राना ‘द सेक्रेट अफ राधा’
राजेन्द्र मोक्ता ‘ऐना झ्यालको पुतली’
राजेन्द्र मोक्तान ‘ए मेरो हजुर ४’
क्पिल पराजुली ‘छक्का पन्जा ४’
अर्जुन कार्की ‘कबड्डी ४’

उत्कृष्ट छायांकन
नरेन्द्र मैनाली ‘छक्का पन्जा ४’
सञ्जय लामा ‘ए मेरो हजुर ४’
अमर महर्जन ‘ऐना झ्यालको पुताली’
राजेश श्रेष्ठ ‘प्रकाश’
नरेन्द्र मैनाली ‘द सिक्रेट अफ राधा’

उत्कृष्ट सम्पादन
विपिन मल्ल ‘नालापानी’
किरण श्रेष्ठ ‘ऐना झ्यालको पुतली’
निमेष श्रेष्ठ ‘द सिक्रेट अफ राधा’
निमेष श्रेष्ठ ‘छक्का पन्जा ४’
निमेष श्रेष्ठ ‘कबड्डी ४’

उत्कृष्ट पाश्र्व ध्वनि
शैलेश श्रेष्ठ ‘ए मेरो हजुर ४’
संगम पन्त ‘ऐना झ्यालको पुतली’
सुजिल कर्माचार्य ‘छक्का पन्जा ४’
रोहित शाक्य/शैलेश श्रेष्ठ ‘छक्का पन्जा ४’
रोहित शाक्य/शैलेश श्रेष्ठ ‘फूलबारी’

ध्वनि मिश्रण
उत्तम न्यौपाने ‘फूलबारी’
सुनयमान श्रेष्ठ ‘छक्का पन्जा ४’
अमित श्रेष्ठ ‘ए मेरो हजुर ४’
उत्तम न्यौपाने ‘लाखे’
अमित श्रेष्ठ ‘मन्त्र’

द्वन्द्व निर्देशक
रोशन श्रेष्ठ ‘नालापानी’
रोशन श्रेष्ठ ‘झिँगेदाऊ’
हिमाल केसी ‘प्रेमगीत ३’
सम्राट बस्नेत ‘लाखे’
एनबी महर्जन/कुमार महर्जन ‘सोल अफ द कमाण्डो’

कला निर्देशक
आशिका शर्मा ‘प्रकाश’
काला संग्रौला ‘ऐना झ्यालको पुतली’
विनोद कडायत – ‘प्रेमगीत ३’
कृष्ण राई/उद्धव राज भट्टराई ‘नालापानी’
पासाङ टी शर्मा ‘मन्त्र’

पहिरन
सुजन रत्न परियार द सेक्रेट अफ राधा
बिनिता कडायत चिसो मान्छे
जानकी कडायत ‘ऐना झ्यालको पुतली’
कमलप्रसाद मिश्र ‘नालापानी’
सुनिता श्रेष्ठ ‘छक्का पन्जा ४’

श्रृंगार
शमशेर लामा/झरना राई ‘द सेक्रेट अफ राधा’
शमशेर लामा ‘चिसो मान्छे’
रवि केसी/निशा लामा ‘नालापानी’
मनोज तामाङ/काव्या थापा ‘ए मेरो हजुर ४’
श्रद्धा मास्के/सरस्वती श्रेष्ठ ‘छक्का पन्जा ४’

नव-निर्देशक
सुजित बिडारी ‘ऐना झ्यालको पुतली’
खगेन्द्र लामिछाने ‘पानी फोटो’
शिवहरि पौडेल ‘लक्का जवान’
परिच्छेद सेन ‘प्रेमगन्ज’
रिमेश अधिकारी ‘नालापानी’

भीएफएक्स
अच्युत गजुरेल ‘नालापानी’
गोद रेज पिक्चर्स ‘प्रेमगीत ३’
द पिक स्टुडियो ‘झिँगेदाउ’
समिर मिया ‘प्रेमगन्ज’
सत्यम राना/अच्यूत बजगाईं ‘ए मेरो हजुर ४’

गीतकार
आमाको मन – प्रमोद ढुंगाना ‘झिँगेदाउ’
फेरी भेट होला नहोला- कृष्णहरि बराल ‘प्रेमगन्ज’
आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य ‘नालापानी’
सिरुपाते जुँगामा – शंकर अधिकारी घायल ‘छक्का पन्जा ४’
उड उड चरी उड – कालीप्रसाद बासकोटा ‘फूलबारी’

संगीतकार
उड उड चरी उड – कालिप्रसाद बासकोटा/अनुपम शर्मा फूलबारी
आँखामा सपना केसरी – एसडी योगी ‘कबड्डी ४’
सिरुपाते जुंगामा – बबुल गिरी ‘छक्का पन्जा ४’
फेरि भेट होेला नहोला – गैरे सुरेश ‘प्रेमगन्ज’
कुनै दिन यस्तो – अर्जुन पोखरेल ‘कृष्णलीला’

गायन पुरुष
उड उड चरी उड – कालीप्रसाद बासकोटा ‘फूलबारी’
आँखामा सपना केसरी – एसडी योगी ‘कबड्डी ४’
सिरुपाते जुँगामा- बाबुल गिरी ‘छक्का पन्जा ४’
बाबरी रंगमा रंगिएर – अनमोल गुरुङ ‘बाबरी’
कुनै दिन यस्तो – अर्जुन पोखरेल ‘कृष्णलिला’

गायन महिला
कुनै दिन यस्तो – अन्जु पन्त ‘कृष्ण लिला’
फेरी भेट होला नहोला – स्वेच्छा ठकुरी ‘प्रेमगन्ज’
बाबरी रंगमा रंगिएर – अस्मिता अधिकारी ‘बाबरी’
मिठो मिठो मन भित्र – देबान्जली बी जोशी ‘ह्यारी की प्यारी’
हर युग होस – प्रविशा अधिकारी ‘प्रेमगीत ३’

सर्वश्रेष्ठ नृत्य निर्देशक

घिन घिन ताङ – कविराज गहतराज (छक्का पन्जा ४)

माया जदौ –कविराज गहतराज (हिजो आजका कुरा)

मन त सँधै लक्का जवान –कविराज गहतराज (लक्का जवान)

आगो बिना बिँडी जल्दैन –रामजी लामिछाने (झिंगेदाउ)

हात्ती ढुंगामा –कविराज गहतराज (प्रेमगीत ३)

    सम्बन्धित समाचार...