१६ बैशाख २०८१, आईतवार

संघीयता खारेज सोच्न पनि सकिँदैन : ओली

kp oli

नेकपा (एमाले)ले संघीयताको खारेज गर्ने विषय सोच्न पनि नसकिने विषय भएको स्पष्ट पारेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार पार्टीको केन्द्रीय कमिटी बैठक समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने विषय रहेको बताए । बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भनेर बाहिर भ्रम फैलाइएको उनको आरोप छ ।

निर्माताको हैसियतले संविधानविरुद्ध एमाले जान नस्कने अध्यक्ष ओलीले स्पष्ट पारे ।

बैठकमा संघीयताविरुद्ध केही नेताले आवाज उठाएको र त्यसलाई अध्यक्ष ओलीले खारेज गरिदिएको पार्टी प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

रिजालले अगाडि भने, ‘यो संविधानको निर्माता नेकपा एमाले हो । यो संविधान निर्माण भएवापत मुलुकले नाकाबन्दी भोग्दासमेत त्यसको दृढतापूर्वक नेतृत्व गर्ने र सामना गर्ने पार्टी हो । यो पार्टीले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने अहिले कुनै पनि काम गर्न सक्दैन । र, त्यो काम सोच्न पनि सक्दैन । यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्देशन गर्नु भएको छ ।’

शुक्रबार बैठकमा बोलेका गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताले संघीयता खारेजको माग गरेका थिए ।