४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्रीले अझै फिल्म देखाउन बाँकी छ, हामी प्रतिक्षामा छौं: अध्यक्ष ओली

oli kp
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको स्वागत गरेका छन् । उनले यो प्रकरणमा अझै फिल्म देखाउन बाँकी रहेको प्रधानमन्त्री पुष्कमल दाहालको अभिव्यक्ति थियो । ओलीले आफूहरु पनि उक्त फिल्मको प्रतिक्षामा रहेको बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन जाने क्रममा च्यासलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिए । सो क्रममा उनले आफूहरुले ०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिनको माग गर्दै आएको स्मरण गराए ।

उनले भने,‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’ उनले दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने बताए । उनले प्रचण्डले देखाउँछु भनेको फिल्म चाहीँ सुरु नभएकोले उक्त फिल्मको प्रतिक्षामा आफूहरु रहेको बताए ।