२९ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओली भन्छन्- शरणार्थी प्रकरणमा छानबिन अगाडि बढेकोमा खुशी छु

kp oli

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अगाडि बढेकोमा खुशी नै रहेको प्रतिक्रिया दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठक अगाडि पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘छानबिन प्रक्रिया अगाडि बढेकोमा खुशी नै छु ।’

यो प्रकरणमा ठूला नेताहरु पनि तानिने सम्भावना कत्तिको छ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘त्यसमा मेरो केही भन्नु छैन । दोषी छुट्नु हुँदैन, निर्दोष पर्नु हुँदैन ।’

फेरि पत्रकारले सोध्छन्, फिल्म त सुरु भयो भन्ने लागिरहेको होला कि ? जवाफमा ओलीले भन्छन्, ‘जसले फिल्म देखाउँछु भन्या छ, त्यो चाहिँ सुरु भएको छैन । बाँकी नै छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि भ्रष्टाचार प्रकरणमा फिल्म देखाउन अझै बाँकी रहेको जनाएका थिए । शरणार्थी प्रकरणमा छानबिन अगाडि बढाएपछि प्रधानमन्त्री दाहालले अहिले ट्रेलर मात्रै भएको र फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।

    सम्बन्धित समाचार...