१७ बैशाख २०८१, सोमबार

खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे आजको पदाधिकारी बैठकमा निर्णय हुने

bkhand

नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे केन्द्रित रहेर आजको बैठक बस्न लागेको हो ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु सहभागी हुँदैछन् ।

आजको बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल गरिन लागेको हो । बुधबार करिब ३ घन्टा बसेको वैठकमा बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।

    सम्बन्धित समाचार...