१६ बैशाख २०८१, आईतवार

पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानका बारेमा एउटा खुलासा…

imran

हालै पक्राउ परेका पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानका बारेमा एउटा खुलासा भएको छ ।

पाकिस्तानी अग्रज महिला पत्रकार अतिका रहमानका अनुसार पुर्व प्रधानमन्त्री खानले घरमा आउने पाहुनालाई एक गिलास पानीसमेत दिदैनथे र खान निकै घमन्डी स्वभावका नेता रहेको उल्लेख गरेकी छिन् ।

‘जब इमरान खानकी पहिलो पत्नी जेमिमाका साथ बस्थे, त्यो बेला उनकी श्रीमती घरमा आउने पाहुनाको पुरै ख्याल गर्थिन । तर, इमरान भने एक गिलास पानी पनि खुवाउदैनथे, यो उनको तरिका हो,’ उनले पोस्प्रेक्ट म्यागाजिनसित भनेकी छिन, ‘जब म सन २०१३ मा उनको अन्तवार्ता लिन गएको थिए, उनले मेरो सामु नै बसेर पुरै ब्रेक फास्ट सकाए, तेलले लतपतिएको हात मुखमा धेरै बेर स्वादिलो तरिकाले लगे र कुनै पर्वाह नगरी डकार लिन सुरु गरे तर उनले मलाई एक गिलास पानी खाउँ पनि भनेनन, उनमा निकै घमन्ड देखिन्थ्यो । यो आदत उनले कहिल्यै पनि छाडेनन ।’

    सम्बन्धित समाचार...