१ जेष्ठ २०८१, मंगलवार

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

Balkrishna khad 1
फाइल फोटो

पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाण पक्राउ परेका हुन् । 

उनलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि खाँणलाई काठमाडौं प्रहरी परिसर ल्याइने उनले बताए।

यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

    सम्बन्धित समाचार...