२० बैशाख २०८१, बिहीबार

‘मेस्सीले साउदी अरेबियामा खेल्ने कुनै सम्झौता भएको छैन’

messi

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आगामी सिजन साउदी अरेबियामा खेल्ने कुनै सम्झौता नभएको उनका पिता जर्ज मेस्सीले जनाएका छन् ।

उनले सञ्चार माध्यममार्फत मध्यपूर्वी राष्ट्रको लिग खेल्ने भन्दै आएको हल्लामा कुनै तुक नभएको जनाएका हुन् । मेस्सी हाल आबद्ध क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई जानकारी नगराई साउदी अरेबिया भ्रमणमा निस्किएपछि विभिन्न अड्कल बाजी सुरु भएको थियो ।

३५ वर्षीय मेस्सी साउदीमा खेल्ने पक्का भएको भन्दै फ्रान्सेली सञ्चार माध्यमले दाबीसमेत गरेका थिए । मेस्सीका पिताले अहिले कुनै क्लबसँग केही कुरा नभएको र मेस्सी भविष्यमा कता जान्छन् भन्ने सिजनको अन्त्यमा मात्रै थाह हुने सामाजिक सञ्जालमा एक विज्ञप्ति राख्दै उल्लेख गरेका हुन् । तर अहिलेसम्म कुनै क्लबसँग सैद्धान्तिक अथवा मौखिक रुपमा पनि छलफल नभएको उनको भनाइ छ ।

मेस्सी गत सोमबारदेखि पीएसजीको अभ्यासमा सामेल भइसकेका छन् । तर रोयर्टसका अनुसार साउदी प्रो लिग क्लब अल हिलालले उनलाई कीर्तिमानी रकमसहित प्रस्ताव गरेको छ ।

    सम्बन्धित समाचार...