७ बैशाख २०८१, शुक्रबार

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक्, साइबर ब्युरोले अनुसन्धान थाल्यो

hacked

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक भएपछि अनुसन्धान सुरू गरिएको छ । बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

प्रणाली ह्याक भएर गलत सूचना सम्प्रेषण भएपछि त्यसबारे अनुसन्धान थालिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्‍याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दिउँसो २ः२७ बजे ह्याक गरेर पठाइएको एसएमएस आधिकारिक भाषामा नहुनुका साथै मन्त्रालयले यस प्रकारको सन्देश पठाउनु झनै आश्चर्यको विषय थियो । एसएमएस लेखिएको छ:

चीनले क्षेत्रीय शान्ति स्थापना गर्न चीनको एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ । हामी भारतका भाइहरुसंग दृढ भई खडा छौं । हामी चिनियाँ कार्यको कारण आफ्नो ज्यान गुमाउने सबै सेनालाई श्रद्धाञ्जलि अर्पण गर्दछौं । GovernmetOfNepal

यसरी सुचना गएको ६ घण्टा सम्म पनि कुनै कदम नलिइनु उत्तिकै अचम्भित विषय बनेको छ । उक्त सन्देश चिनियाँ दूतावास र भारतीय दूतावासमा पनि प्रवाह भइसकेको थियो ।

६ घण्टा पछी मात्र मन्त्रालयले अर्को एसएमएस पठाँउदै पहिलेको एसएमएस आधिकारिक नभएको जनाएको थियो । आधिकारिक एसएमएसमा लेखिएको छ:

आज दिउँसो २ बजेर केही मिनेट जाँदा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रुपमा पहुँच पुर्याइ गलत र भ्रामक एसएमएस प्रसारित गरेको पाइएको छ । उक्त एसएमएस यस मन्त्रालयबाट नपठाइएको हुँदा भ्रममा नपर्न अनुरोध छ –MoHA’ ।”

यसअघी पनि नेपाल र भारतका ह्याकरहरु एक अर्काको साइट ह्याक गर्न उद्दत भएका थिए| पछी एक अर्का सँग सम्झौता गरी उक्त कार्य रोकेका थिए ।

गृह मन्त्रालयकै प्रणाली ह्याक हुनुले नेपालको सरकारी सुचना प्रणाली कति सम्म सुरक्षित रहेको छ भन्ने प्रश्न पनि खडा गरेको छ ।

home ministry hacked