१४ बैशाख २०८१, शुक्रबार

ट्रम्प पुन:राष्ट्रपती बन्न चिनको सहयोग मागे: पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन

Donald Trump and Xi Jinping scaled
तस्विर स्रोत: एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सार्वजनिक हुनेक्रममा रहेको किताबमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा पुनः निर्वाचित हुन चिनियाँ राष्ट्रपतिसँग सहयोग लिने प्रयास गरेको खुलासा गरेका छन्।

बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमती समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् ।

किताबमा बोल्टनले चीनले अमेरिकी किसानका कृषि उत्पादन खरिद गरोस् भन्ने चाहना ट्रम्पले राखेको लेखेका छन्।

पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गरेको जिकिर गरिएको छ । 

अमेरिकी अखबार दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र वालस्ट्रिट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले चिनियाँ मानव अधिकार दुव्र्यवहारका घटनालाई ट्रम्पले पटकपटक बेवास्ता गर्नु भएको आरोप लगाएका छन् । 

यसले ट्रम्पमाथि चलाइएको महाअभियोगको घटनालाई समेत सम्झना गराउने बताइएको छ।

ट्रम्प प्रशासन हाल बोल्टनको यो किताब नछापियोस् भन्ने प्रयासमा लागेको छ। अमेरिकाको न्याय मन्त्रालयले किताबमा ‘गोप्य’ सूचना रहेको दाबी गर्दै आएको छ।

‘द रूम ह्वेर इट ह्यापन्ड’ नामको यो किताब जुन २३ मा सार्वजनिक हुने बताइएको छ। किताब छापिने भएपछि यसै वर्षको जनवरीमा ह्वाइट हाउसले किताबमा कयौं गोप्य जानकारी रहेको र तिनलाई हटाउनुपर्ने बताएको थियो।

बोल्टनले भने ह्वाइट हाउसको दाबीलाई अस्वीकार गर्दै आएका छन्।

बोल्टनको किताबमा ट्रम्पलाई महाअभियोग लगाउन तय गरिएका आधारहरूका बारेमा पनि उल्लेख गरिएको छ।

john bolton book

बोल्टनले भनेका छन्, “मेरो ह्वाइट हाउसको कार्यकालको अवधिमा ट्रम्पका निर्णय प्रक्रियाहरु सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बढी केन्द्रित हुने गरेका थिए, र त्यसका लागि ममाथि दबाब थियो ।” गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पमाथि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनमाथि युक्रेनको सहयोग लिएर हिलो छ्याप्न खोजेको भन्दै अमेरिकी संसदमा महाभियोग समेत दर्ता भएको थियो ।

गत जुनमा चिनियाँ राष्ट्रपति सीसँगको एउटा महत्वपूर्ण बैठकमा ट्रम्पले चीन–अमेरिका आर्थिक साझेदारीको विषयमा आफ्नो निर्वाचनले धेरै फरक पार्ने भन्दै चुनावमा सीको समर्थन लिन खोज्नु भएको बोल्टनले दाबी गरेका छन् । 

बोल्टनले राष्ट्रपति ट्रम्पले अमेरिकी किसानको औचित्य र महत्वमाथि जोड दिँदै चीनबाट सोयाबिन र गहुँको खरिदले अमेरिकी मतदातामा सकारात्मक असर पार्ने सोच्नु भएको बताए । 

बोल्टनले भनेका छन्, “म ट्रम्पका हरेक शब्द छाप्न सक्थें तर सरकारको पूर्व प्रकाशन पुनरावलोकन प्रक्रियाले मलाई सम्पूर्ण कुरा बाहिर ल्याउन कठिन बनाएको छ ।” 

ट्रम्प प्रशासनका तर्फबाट अमेरिकी न्याय विभागले बोल्टनको पुस्तकको तत्काल प्रकाशन रोक्ने उद्देश्यले अदालतमा मुद्दा दायर गरेको छ । विभागले बोल्टनको पुस्तक अमेरिकी सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने दाबी गरेको छ । 

जॉन बोल्टन

112958138 gettyimages 1148089181

राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइटहाउस आएका थिए र सोही वर्षको सेप्टेम्बरमा पदबाट राजीनामाको दिएका थिए।

राष्ट्रपति ट्रम्पले भने बोल्टनलाई पदबाट बर्खास्त गरेको बताएका थिए।

ट्रम्प प्रशासन बोल्टनको किताबमाथि रोक लगाउन प्रयासरत भएपनि किताबमा उल्लेख गरिएका धेरै कुरा मानिसहरूको जानकारीमा छ।

कुनै पनि सल्लाहकार या कोही अज्ञात वर्तमान सहयोगीले राष्ट्रपति ट्रम्पको बारेमा यति भनेको यो पहिलोपटक भने होइन। बितेका साढे ३ वर्षमा ह्वाइट हाउसभित्र चल्ने सत्ता संघर्ष र निन्दाका कयौं किस्सा सार्वजनिक भइसकेका छन्।

बोल्टनका किताबमा भने केही फरक कुरा पनि छन्।

तीमध्ये उनले आफ्नो सत्ता टिकाउन कसरी राष्ट्रपतिले विदेश नीति तोडमोड गर्छन् भन्ने कुरा छ।

ट्रम्पविरूद्धको महाअभियोगमा मुख्यरूपमा यिनै कुरा थिए। बोल्टनले ट्रम्पले सैन्य सहयोग रोकेर ट्रम्पले युक्रेनमाथि बाइडनविरूद्ध भ्रष्टाचार मुद्धामा दबाब दिने कोशिस गरेका थिए।

बोल्टनले किताबमा ट्रम्पले पुनः राष्ट्रपतिमा निर्वाचित हुन चीनसँग आफूलाई सोका लागि फाइदा हुने किसिमले सम्झौता गर्न खोजेको कुरा उल्लेख गरेका छन्।

रिपब्लिकन्सहरूले भने यसलाई असन्तुष्ट कर्मचारीको धेरैभन्दा धेरै किताब बेच्ने प्रयास मात्र भएको बताउँदै आएका छन् भने डेमोक्रेटहरूले भने महाअभियोग जाँचका कुरा मानिसहरूले थाहा पाउनुपर्ने बताउँदै किताबको समर्थन गरेका छन्।

बोल्टनको किताबले ट्रम्पको दोश्रो कार्यकालका लागि भइरहेको प्रचार अभियानलाई प्रभावित पार्न सकिएको ठानिएको छ। नोभेम्बरमा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

सि जिङपिङमाथि पनि बोल्टनले लगाएका छन् आरोप

किताबका अनुसार गत वर्षको जुन महिनामा जापानको ओसाकामा भएको जी-सेभेनको वैठकमा ट्रम्प र सि जिङपिङबिच भेटघाट भएको थियो।

न्यू योर्क टाइम्समा छपिएको एक भाग अनुसार चिनियाँ राष्ट्रपतिले ट्रम्पसँग चीनका केही अमेरिकी आलोचकले नयाँ शित युद्धको कुराको गुनासो गरेका थिए।

‘ट्रम्पलाई लाग्यो कि सि जिङपिङले उनको डेमोक्रेटिक विरोधीको कुरा गरिरहेका छन्। ट्रम्पले आश्चर्यजनक रूपले आफ्नो कुराकानीलाई सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनतर्फ मोडिदिए र चीनको आर्थिक क्षमताको हवाला दिदैं जिङपिङसँग चुनावमा जित दिलाउन सहयोग गर्न भने’।

‘ट्रम्पले किसानको महत्वमा जोड दिदैं चीनसँग सोयाबिन र गँहुको खरिद बढाउन भने ताकी चुनावको नतिजा उनको पक्षमा आओस्। जब सि कृषि उत्पादनलाई प्राथमिक्ता दिन सहमत भए तब ट्रम्पले उनलाई उनी चीनको सबैभन्दा महान नेता भएको बताए’, बोल्टनको किताब भनिएको छ।

बोल्टनको यस दाबीमा अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइज्नरले बुधबार फेरि चुनाव जित्नका लागि सहयोगको कुनै कुरा नभएको बताए।

बोल्टनले सो सम्मेलनमा चीनको सिन्जियाङ् प्रान्तमा निगरानी क्याम्प बनाउने बारेमा पनि कुरा भएको दाबी गरेका छन्।

मानवअधिकारवादी समूहरूले चीनका यी निगरानी क्याम्पको आलोचना गर्ने गरेका छन्। यहाँ १० लाख मुसलमान र अन्य अल्पसंख्यकलाई राखिएको छ।

किताबले अरू के भन्छ?

ट्रम्पको निकट सल्लाहकारमा विदेश मन्त्री माइक पोम्बे र जोन बोल्टन सामेल छन्। बोल्टनले असन्तोष र निराशाका कारण आफूले राजीनामा दिन चाहेका उल्लेख गरेका छन्। उनले मानिसहरूको मनशाय, पर्दा पछाडीको षडयन्त्र र योसँगै कसरी लापरवाही ढंगले ह्वाइट हाउस चलिरहेको छ भन्ने पनि देखेको किताबमा बताएका छन्।

किताबमा बोल्टनले निजी कुराकानी पनि सामेल गरेका छन्।

किताबमा ब्रिटेन परमाणू सम्पन्न राष्ट्र भएको र फिनल्याण्ड नामको देश छ भन्नेसम्मको जानकारी ट्रम्पलाई नभएसम्मको कुरा किताबमा उल्लेख गरिएको छ।

यसैगरी एक पटक ट्रम्पले सहयोगी देशले रक्षा खर्च नबढाए उनीहरूलाई नेटोबाट निकाल्ने धम्कीसमेत दिएको खुलासा किताबमा गरेका छन्। एजेन्सी