७ बैशाख २०८१, शुक्रबार

ट्विटर ह्याक हुनु अगाडी एड्मिन प्यानलमा एक हजार भन्दा बढी व्यक्तिको पहुँच

twitter symbol

ह्याकरहरू गत हप्ता(बुधवार), बराक ओबामा, एलोन मस्क, बिल गेट्स, र अन्य प्रमाणित प्रयोगकर्ताहरूको ट्विटर खाताहरू ह्याक गरे । रॉयटर्सका अनुसार ट्विटरको आन्तरिक प्रणालिमा एक हजार भन्दा बढी व्यक्तिको पहुँच रहेको थियो । तर ट्विटरले भने संख्या उल्लेख गर्न अस्वीकार गर्‍यो।

ट्विटरका दुई पूर्व कर्मचारीहरूले रोयटरलाई भने अनुसार दुबै कर्मचारी र तेस्रो-पार्टी ठेकेदारहरूको व्यवस्थापक प्रणलिमा पहुँच रहन्छ । यस्तो पहुँच भएपनी ह्याकको ठीक अगाडि कती जनाले सो प्रणलिमा पहुँच राखेका थिए त्यस्को यकिन भने छैन।

‘गत हप्ता ट्विटरले ब्लग पोस्टमा उल्लेख गरे अनुसार “आक्रमणकारीहरूले सफलतापूर्वक केहि कर्मचारीहरूलाई झुक्क्याउदै उनीहरूको पहुंच प्रयोग गरी ट्विटरको आन्तरिक प्रणालीमा पहुँच पुर्‍याएका थिए” ।

ट्विटरका संस्थापक र सीईओ ज्याक डोर्सीले बिहीबार एक कार्यक्रम मा बोल्दै भने “सुरक्षाको अन्तिम बिन्दु हुँदैन, टेक्क्निकल उतार-चढ़ावका बिच यो निरन्तर पुनरावृत्ति हुन्छ। हामी हाम्रो कर्मचारीहरूको सामाजिक ईन्जिनियरिङ र आन्तरिक उपकरणहरूको प्रतिबन्ध, दुवैमा पछाडि पछाडि परेका छौं।”

उक्त ह्याकबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन्।

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।