७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक सवारी खुलाउने तयारी, यातायात विभाग तयारी अवस्थामा

Buspark

सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको बुझिएको छ। विभागका महानिर्देशक गोगन हमालका अनुसार सार्वजनिक यातायात सञ्चालनकाे लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको छ ।

सरकारले लकडाउनको तीन महिना पुग्नै लाग्दा सार्वजनिक यातायात कसरी संचालन गर्ने सक्रियता बढाएको छ । त्यस अनुरुप सबैभन्दा कम प्रभावित क्षेत्रबाट यातायात संचालन सुरु हुनसक्नेछ ।

दिनँहु कोरोना भाइरसका संक्रमित बढिरहेकाले सार्वजनिक यातायात संचालन मिती टुंगो भने लागिसकेको छैन्। हमाल भन्छन ‘सार्वजनिक यातायात कहिले खुल्छन् भन्ने टुंगो लागेको छैन ।’ सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गर्ने वित्तिकै विभाग तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

पहिले स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्र पहिचान गरी त्यस्कै आधारमा सार्वजनिक यातायात संचालन गर्ने सरकारको तयारी छ । ‘रेड, एल्लो र ग्रीन जोन यसअघि नै छलफल भएको महानिर्देशक हमालको भनाइ छ ।

“सरकारले यातायात क्षेत्रलाई बामे सर्ने वातवरण बनाउन पर्‍यो । अहिले कमाउनु भन्दा पनि जनाताको सुविधालाई मध्यनजर गर्दै लगानी को वातावरण चाहिन्छ” – महासचिव सरोज सिटौला

विभागका महानिर्देशक हमाल भन्छन्,’सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन मापदण्ड बनाएको हो, यसलाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल भइरहेको छ।’ सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भएपनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

लामो समयसम्म सवारी साधन थन्किएकाले ८० प्रतिशत सवारी मर्मत गर्नूपर्ने अवस्था आएको छ । लकडाउन खुलेर सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरे पनि तत्काल संचालन गर्न भने समस्या पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताँउछन् ।

यही विषयमा नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन “चाहेर पनि गाडी निकाल्न सक्ने अवस्था छैन, किनभने वर्कसपका मजदुर पनि बाहिर गएका छन्” । उनि अगाडी भन्छन “यस विषमा हामीले यातायात व्यवस्था कार्यालय र सम्बन्धित निकायमा जानकारी गराइसकेको छौ” ।

जेष्ठ २५ गते यातायात व्यवस्थ विभागले राखेको कार्यविधीबाट यातायात चल्न नसक्ने बताउँछन सिटौला ।

मुख्यगरी उल्लेखित दुइ वुँदामामा उनले जोड दिए:

  • यात्रु र यातायात मजदुरलाई स्वास्थ सम्बन्धित प्रत्याभुती हुन पर्‍यो
  • सामाजिक दुरी पालना गरी सवारी चलाउँदा लगानी को विषयमा के गर्ने त ?

मुख्यत:यात्रुहरुलाई सुरक्षित बनाएर यात्र गराउनु पर्छ भन्छन महासंघका महासचिव सरोज सिटौला ।