४ जेष्ठ २०८१, शुक्रबार

शक्तिमा फर्किए रवि, दलको नेता चयन

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्।

रास्वपाको आज बसेको संसदीय दलकोे बैठकले सर्वसम्मत् रुपमा लामिछानेलाई दलको नेता चयन गरेको हो ।
रास्वपाको आज बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई सर्वसम्मत् दलको नेता चयन गर्न निर्देशन दिएको थियो ।
वैशाख १० मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन -२ बाट ५४ हजार १ सय ७६ मतसहित निर्वाचित लामिछाने यसअघि पनि पार्टीको संसदीय दलको नेता थिए ।

तर, सर्वोच्च अदालतले माघ १३ गते नागरिकता बिवादमा दोषी ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएपछी उनी उक्त जिम्मेवारीबाट हटेका थिए ।

सर्वोच्चको फैसलापछि तत्कालिन सरकारमा उपप्रधान तथा गृहमन्त्रीको रुपमा सहभागी लामिछाने उक्त जिम्मेवारीबाट हट्न बाध्य भएका थिए ।

तर, वैशाख १० को उपनिर्वाचनमा शानदार मत हासिँल गर्दै विजयी भएपछि लामिछाने पुनः एकपटक शक्तिमा फर्किएका छन् ।

दलको नेतामा लामिछाने चयन भएसँगै सरकारमा जाने तयारी गरेका छन् ।

सरकारमा जान रास्वपाले राखेको सर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक भएपछि रास्वपाले सरकारमा जान इच्छा देखाएको हो । उक्त विषयको छिनोफानो शुक्रबार बस्ने बैठकले गर्नेछ ।