२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री दाहालको पूर्वराजालक्षित अभिव्यक्ति– ‘स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएका उपलब्धीहरु उल्ट्उने कोशिस भइरहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले उपलब्धीहरु उल्ट्उने परिस्थिति निर्माणमा केही तत्वहरु लागिरहेको बताएका हुन् ।

‘हिजो जनयुद्ध र जनआन्दोलनको बलमा वा उत्पीडित वर्ग समुदाय, चाहे मधेश, आदिवासी जनजाति चाहे महिला होस्, सबै उत्पीडित वर्ग समुदायले गरेको आन्दोलका असीमित उपलब्धीहरुमा र त्यसबाट प्राप्त उपलब्धीहरुमाथि अहिले निकै ठूलो प्रहार गर्ने कोशिस भएको छ,’– उनले भने ।

सबै कम्युनिष्टहरुको जिम्मेवारी प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्नु रहेको पनि उनले बताए । आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीलाई उल्ट्उन स्यालहरु कराउन थालेको उनको भनाई छ । व्यवस्था र परिवर्तन विरुद्ध कराउन थालेको स्यालहरुलाई छुट दिन नसकिने उनले बताए । ‘स्यालहरु कराउन थालेका छन् । स्यालहरुले रजाईँ गर्नेजस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिँदैन,’– उनले भने ।

नेपाली जनताले झण्डै ७० वर्ष लगाएर जनआन्दोलन र जनयुद्धको माध्यमबाट प्राप्त गरेको उपलब्धीमाथि प्रहार गर्ने षड्यन्त्रका विरुद्धमा स्यालहरु विरुद्ध फेरि गर्जिने बेला आएको समेत उनको भनाई छ ।

    सम्बन्धित समाचार...