७ बैशाख २०८१, शुक्रबार

१०० दिनपछी आजबाट इंग्लिश प्रिमियर लिग शुरु हुँदै

epl england

आज देखी खाली स्टेडियममा इंग्लिश प्रिमियर लिग शुरु हुँदैछ । आजको पहिलो खेल नेपाली समय अनुसार राती १०:४५ बजे एस्टन भिल्ला र शेफिल्ड युनाइटेड बीच हुनेछ। त्यसैगरी म्यानचेस्टर सिटीले आर्सेनलको सामना राती १ बजे गर्नेछ।

कोरोना भाइरसले लिग रोकिनु अगाडी लिगको अन्तिम खेल मार्च ९ मा एस्टन भिल्ला र लेस्टर सिटी बीच भएको थियो जसमा लेस्टरले खेल ४-० ले जितेको थियो ।

बुन्डेस लिगा र ला लिगा पछि प्रिमियर लिगका खेलहरु युरोपको तेस्रो ठूलो फुटबल लिग हुनेछ। सबै खेलहरू एक दर्शकविना खेलाइनेछ।

स्टेडियममा खेलाडीहरू सहित जम्मा ३०० जना मात्र हुनेछन । लिगमा तीन चरण बाँकी छन जसका ९२ खेलहरू छ हप्तामा खेलाईनेछ ।

स्टेडियममा खेलाडीहरू र कोचिंग स्टाफहरूको लागि मास्क अनिवार्य छैन भने म्याचमा कुनै बल बोयहरु पनि हुनेछैनन्।

कोरोनाबाट जीवन गुमाएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न हरेक खेल अगाडी १ मिनटको मौन धारण गरिनेछ । त्यसैगरी गोल को उत्सव मनाउन पनि सामाजिक दूरीको ध्यान राख्नुपर्ने भएको छ ।