३१ बैशाख २०८१, सोमबार

कुबेतलाई नेपालको बलियो लक्ष्य

rohit kushal

एसीसी मेन्स प्रिमियर कपअन्तर्गतको सेमिफाइनल खेलमा कुवेतलाई नेपालले २८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो ।

नेपालले २३ ओभर २ बलमा १४१ रन बनाउँदा वर्षाका कारण खेल केही समय अवरुद्ध भएको थियो । त्यसपछि खेल ४२ ओभरमा छोट्याइएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन प्रहार गरे । उनले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३९ बलमा ४३ रन प्रहार गरे । उनले ७ चौका र १ छक्का प्रहार गरे भने अर्को ओपनर आशिफ शेखले २८ बलमा ३१ रन प्रहार गरे । उनले १ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै कुशल मल्ल ४४ बलमा ५७ रन बनाएर मैदानबाट बाहिरिए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले १ चौका र १ छक्काको सहयोगमा १३ रन जोडे भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

कुवेतका लागि मोहमद अस्लाम र अद्‍नान इड्रेसले समान ३–३ विकेट लिए भने सायद मोनिव र यसिन पटेलले १–१ विकेट लिए ।

    सम्बन्धित समाचार...