Close Me
१३ चैत्र २०८१, बिहीबार

‘घर ज्वाइँ’को टिजरमा दया र मिरुनालाई पाउन गरेको संघर्ष

gharjuwai e1715569924644

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ ।

फिल्मको सार्वजनिक टिजरमा दयाहाङले मिरुनालाई पाउन गरेको संघर्ष र उनीहरुबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा शिक्षण पेशामा आबद्ध दयाहाङको पात्रले मिरुनालाई मन पराउँछ । जब बिहेको कुरा गर्न ऊ मिरुनाको घर जान्छ, तब मिरुनाका पिता (शिशिर बाङ्गदेल)ले घरज्वाइँ बस्नुपर्ने सर्त अगाडि सार्छन्, जुन स्वीकार्न ऊ तयार छैन । फिल्मले घरज्वाइँ संस्कृतिको कथालाई उठाएको टिजरले छनक दिन्छ ।

यो फिल्मले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने विश्वास निर्माण टिमको छ । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

फिल्मको केही साता अघि सार्वजनीक पोस्टर तथा क्यारेक्टर लुक्सको चर्चा भैरहदा निर्माण टिमले आइतबार टिजर सार्वजनिक गरेको हो । फिल्मको करिब २ मिनेट लामो टिजर रोचक र दर्शकमाझ उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

    सम्बन्धित समाचार...