१५ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

DhabbahadurGurung

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुखको निवासमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

गोरखाका पाण्डे गण्डकी प्रदेशको चौँथो मुख्यमन्त्री हुनुहुन्छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक ७ र १ स्वतन्त्र सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । गण्डकी प्रदेशसभामा २२ सांसद रहेको नेकपा एमाले र दुई सांसद रहेको राप्रपा प्रतिपक्षमा रहेका छन् ।

त्यसैगरी, नवनियुक्त मुख्यमन्त्री पाण्डेले आजै मन्त्रिपरिषद् विस्तार पनि गर्नुभएको छ । माओवादीका सांसद सुशीला सिम्खडा र काङ्ग्रेसका सांसद सरस्वती अर्याललाई आज विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूले पनि आजै प्रदेश प्रमुख गुरुङसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

KrishnaDawadi Kaski RSS 15 20230428155302 IMG 0973 1024x683 1

    सम्बन्धित समाचार...