१७ बैशाख २०८१, सोमबार

युक्रेनको राजधानी किएभसहित थुप्रै सहरमा भीषण रुसी आक्रमण

Ukraine

रुसले युक्रेनको राजधानी किएभसहित थुप्रै सहरमा शुक्रबार सबेरै भीषण आक्रमण गरेको छ ।

आक्रमणबाट १२ जना मारिएका छन् । रुसले किएभ र युक्रेनका मध्यवर्ती तथा दक्षिणी क्षेत्रका सहरमा भीषण आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार युक्रेनको राजधानी किएभमा विस्फोट र हवाई आक्रमणको चेतावनी दिने साइरनले गुञ्जिएको थियो ।

मस्कोले युद्ध अन्त्यका लागि हुने पहलको स्वागत गरिने बताएको भोलिपल्टै युक्रेनका थुप्रै सहरमाथि एकसाथ आक्रमण गरेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार भएको टेलिफोन वार्ताको सन्दर्भमा बिहीबार मस्कोले यस्तो धारणा सार्वजनिक गरेको थियो ।

एक वर्षभन्दा बढी समयदेखि जारी रुस-युक्रेन युद्धका सम्बन्धमा चीनले औपचारिक रुपमा तटस्थ भूमिका निर्वाह गर्दै आएको छ ।

    सम्बन्धित समाचार...