१५ चैत्र २०८०, बिहीबार

पहिरो खसेपछी नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

mugling landslide

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ ।पहिरो इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालीखोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्डमा खसेको हो ।

विहान ४ः१५ बजेदेखि सो क्षेत्रमा पहिरो खस्न थालेको हो । बाटो बन्द भएपछि अहिले थुप्रै सवारी साधनहरु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम जारी रहेको छ । पहिरो रोक्न लगाइएको ढुङ्गाको ड्याम खसेपछी सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले पहिरो ठूलै गएकोले हाल मुग्लिनबाट र नारायणगढबाट पठाइएको डोजरले पहिरो पन्छाउने काम भइरहेको बताए । ‘शुरुमा खसेको पहिरो सानो थियो, पछि ठूलै ढिस्का खसेकोले सडक खुल्न २ देखि ४ घण्टा लाग्ला,’ थापाले भने ।