२६ बैशाख २०८१, बुधबार

ज्योतिषीको हवाला दिएर जनताको भविष्य बन्धकी बनाउन पाईदैन : स्वर्णिम वाग्ले

wagle

तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अब आफूहरू नागरिकको राजनीतिक र आर्थिक भविष्य बन्धकी बनाउन नदिने बताएका छन् ।

बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ज्योतिषीले भविष्यवाणी गरेको भन्दैमा तीन करोड जनताको राजनीतिक र आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक कुसंस्कारुलाई सफल हुन नदिने बताए ।

‘छैटौँपटक ज्योतिषीले भन्देको छ भनेर तीन करोड जनताको राजनीतिक भविष्य, आर्थिक भविष्यलाई बन्धकी बनाउने खालको राजनीतिक कुसंस्कार, यो प्रवृत्तिलाई हामी सफल हुन दिने छैनौँ, उनले भने । उनले राजनीतिक दलका नेताहरूले त्यागका कुरा गरेर नागरिकलाई ठग्न नमिल्ने पनि बताए ।

‘साथीहरू अहिले पनि ब्याजका कुरा गर्नुहुन्छ, त्यागका कुरा गर्नुहुन्छ । ब्याजसम्म हामीले बेहोर्न सक्थ्यौँ होला । ब्याजको स्याज पनि अलि उदार भएर बेहोर्न सक्थ्यौँ होला । तर, अब मिटरब्याज नै दाबी गर्न थाल्नुभएपछि हामीले पनि सचेत गराउनपर्छ,उनले भने ।

    सम्बन्धित समाचार...