६ जेष्ठ २०८१, आईतवार

गृहमन्त्रीलाई बालेनको प्रश्न : कसरी कानुनीराज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्रीज्यू ?

balen
फाइल फोटो

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कानूनी राज्यको अनुभूति कसरी दिलाउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

सर्वोच्च अदालतबाट ०७६ सालको साउन २० गते नै बाग्मती, विष्णुमती, मनोहरा र यिनका सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाईएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको स्मरण गराउँदै यस्तो प्रश्न सोधेका हुन् ।

स्मरणका लागि – २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो । आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ ।

यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।

यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु ? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?

    सम्बन्धित समाचार...