१७ बैशाख २०८१, सोमबार

विपन्न, असहाय नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

helth ministry office nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल , प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्र लेख्दै २०७७ दफा ७० (घ) अनिवार्य रुपमा पालना गर्न निर्देशन दिएको हो । मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ ।

विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न मन्त्रालयको निर्देशनमा आग्रह गरिएको हो ।

बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    सम्बन्धित समाचार...