२२ बैशाख २०८१, शनिबार

वैदेशिक व्यापार घाटा १७ प्रतिशतले कमी

baideshik byapar import

चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले कमी आएको छ ।

गत वर्षको चैतसम्म १३ खर्ब ६ अर्बको व्यापार घाटा रहेकामा यो वर्षको सोही अवधिमा १० खर्ब ८३ अर्ब रहेको भन्सार विभागले जनाएको छ । त्यस्तै आयात १८ प्रतिशतले घट्दा निर्यातमा पनि २६ प्रतिशतले कमी आएको छ ।

अहिलेसम्म १२ खर्बको वस्तु आयात हुँदा १ खर्ब १८ अर्बको निर्यात भएको छ । ९ महिनामा सबैभन्दा बढी भटमासको तेल, सूर्यमुखी तेल, पाम तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, सुन तथा स्मार्ट फोन आयात भएका छन् ।

अलैंची, भटमासको तेल, सूर्यमुखी तेल, पाम तेल, जुस, गलैंचालगायत वस्तु बढी निर्यात भएका छन् ।

    सम्बन्धित समाचार...