२ जेष्ठ २०८१, बुधबार

भाषण मात्रै होइन काम गरेर देखाउँछौँ : प्रधानमन्त्री दाहाल

Prachand

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम भाषण मात्रै गर्ने नभई काम गरेर देखाउन प्रतिबद्ध रहेको बताउनुभयो । सरकार चुमनुब्री क्षेत्रको विकास लागि प्रतिबद्ध छ, प्रधानमन्त्री दाहालले भन्नुभयो । चुमनुब्रीको आर्थिक, सामाजिक विकास लागि पालिका अध्यक्षले पटक पटक जानकारी गराउनुभएको र आगामी बजेट तथा नीति तथा कार्यक्रममा समेट्ने उहाँले बताउनुभयो । 

चुमनुब्रीलाइ सरकारले निषेधित क्षेत्र तोकेकोमा सरकारको तर्फबाट अध्ययन गरेर यस क्षेत्रका नागरिकहरूलाई परेको असुविधालाई हल गर्न तिर लागि पर्ने र मनास्लु क्षेत्रको पर्यटन विकासमा नयाँ नीति तय गर्ने उहाँले बताउनुभयो । यस क्षेत्र ऐतिहासिक महत्त्वको क्षेत्र रहेको बताउँदै अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको यस अवसरमा हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री दाहालले गर्नुभयो । 

338215522 1312135342704416 1742701464103140987 n

वि.सं. १९८० देखि यस क्षेत्रलाई अहिंसा क्षेत्रको रुपमा घोषणा गरी पशुचौपाया, पंछी लगायतका जनावरहरूको काटमारमा रोक लगाएको थियो ।

श्याग्या क्षेत्र घोषणा भएको सय वर्ष पुगेको अवसरमा आजदेखि वैशाख ९ गते सम्म महोत्सव मनाउन लागिएको हो । 

342183338 205569745517963 5048890733752434458 n

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गोरखा निर्वाचन क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई, पूर्व सांसद हरिराज अधिकारी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा भएको थियो । 

नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री आइपुग्नुभएका प्रधानमन्त्री दाहाल तनहुँको चुनावी सभाका लागि प्रस्थान गर्नुभएको छ । 

pm dahal gorkha 2
341475917 896557871690280 5730095990562931839 n