२७ बैशाख २०८१, बिहीबार

प्रधानन्यायाधीश नियुक्त हुँदै

suprem court

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन्। सोमबार सत्ता साझेदार दलहरूसँगको छलफलपछि प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न परिषद् बैठक बोलाएका हुन्।

सिंहदरबारमा बस्ने संवैधानिक परिषद् बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ। चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २०७९ मंसिर २९ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा विपक्षी दलका नेता, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। त्यसअनुसार प्रधानमन्त्री दाहालबाहेक संवैधानिक परिषद्मा अहिलेको सत्ता गठबन्धनबाहेकका दलका नेताको बाहुल्य रहेको छ। सो परिषद्मा विपक्षी दलका नेता केपी ओली छन् भने सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना पनि एमालेकै सांसद हुन्। त्यस्तै उपसभामुख इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी झापाकी नेत्री हुन्।

प्रधानमन्त्री दाहालले आइतबार साँझ सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग संक्रमणकालीन न्याय टुंगो लगाउन त्यससँग सम्बन्धित विधेयक सहमतिबाट अघि बढाउने विषयमा छलफल गरेका छन्। संसद्को चालु अधिवेशनमा फास्टट्र्याकबाट विधेयक पारित गर्ने गठबन्धनको तयारी थियो भने एमालेले संसदीय समितिमा पठाउने प्रस्ताव गरे पनि प्रमुख दलहरूबीच बीचको बाटो खोज्ने समझदारी भएको छ। नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...