७ जेष्ठ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

house

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयकाअनुसार दिउँसो १ बजे बैठक बस्नेछ ।

आजको बैठकमा दुई वटा कार्यसूची रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८÷०७९ पेस गर्ने कार्यसूची छ ।

यसैगरी, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ ।

यो प्रस्ताव पनि प्रधानमन्त्री दाहालले नै प्रस्तुत गर्ने छन् ।

    सम्बन्धित समाचार...