२६ बैशाख २०८१, बुधबार

एक सातादेखि प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित

XIRcEl1kprnorJIiFJ09

एक सातादेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ ।

काठमाडौँ उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौँ उच्च वायु प्रदूषण भएको सहरमा गनिन थालेको छ । विश्वस्तरमा मापन गरिने वायु प्रदूषणको मापनले पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको उच्च सूचीमा देखिन थालेको हो । वातावरण विभागले पनि काठमाडौँको वायु श्वास फेर्नलायक नरहेको स्वीकार गरेको छ ।

वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, “पहिले धुलोका कण मात्र हुन्थे । अहिले धुवाँ पनि मिसिएको छ, जुन सहजै रगतमा पुग्न सक्छ । त्यसको मात्रा यहाँको वायुमा उच्च देखिएको छ ।” उनका अनुसार सबैभन्दा सानो वायुको कणलाई सूक्ष्म रूपमा हेर्दा त्यसमा आँखाले नदेखिने धुवाँका कणको घनत्व उच्च रहेको छ ।

सामान्यतः २.५ माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलोका कणलाई पीएम २.५ भनिन्छ । सामान्य मानिसको कपालको रौँको व्यास ७० माइक्रोमिटर हुन्छ । यसरी यस समूहमा पर्ने सबैभन्दा ठूला कणको व्यासभन्दा कपालको रौँको व्यास ३० गुणा ठूलो हुन्छ । यस्ता कण निकै साना हुने भएकाले सजिलैसँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन भने धेरै मसिना कण फोक्सोबाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अङगमा प्रवेश गर्छन ।

उनले भने, “देशव्यापी रूपमा डढेलोको क्रम उच्च बनेको र वर्षा नहुँदा वायुमा तैरिरहेकाले सूक्ष्म कणको घनत्व बढदै जाँदा प्रदूषणको तुवाँलो काठमाडौँको आकाशमा बाक्लिदै गएको छ ।”

दुई वर्षअघि सन २०२१ मा डढेलोले बढाएको वायु प्रदूषणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यस बेला वायुको गुणस्तरको सूचकाङक तीन सयभन्दा माथि पुगेको थियो ।

अहिले सबैभन्दा बढी प्रदूषण थुप्रिएको काठमाडौँका केही सहरमा त्यो सूचकाङक २५० माथि चढनेतर्फ अग्रसर छ ।आइतबार दिउँसोदेखि भैँसेपाटी क्षेत्रमा त्यही हाराहारीको वायु बहिरहेको छ । त्यसपछि शङखपार्क, रत्नपार्क, खुमलटार, कीर्तिपुर क्षेत्रको वायु अस्वस्थकरबाट अति अस्वस्थकरतिर बढदै छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...