२२ बैशाख २०८१, शनिबार

इंग्लिस प्रिमियर लिग: चेल्सीको शीर्ष चार पुग्ने सम्भावना लगभग समाप्त

Chelsea Southampton

इंग्लिस प्रिमियर लिगमा चेल्सी फेरि पराजित भएको छ । अग्रता जोगाउन नसक्दा चेल्सी ब्राइटनसँग २ – १ ले हारेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीले १३ औँ मिनेटमा अग्रता बनाएको थियो । कनर ग्लागरले चेल्सीलाई अग्रता दिलाएका हुन् । मखायालो मोद्रिकको पासमा उनले गोल गरेका हुन् ।

चेल्सी पछिल्ला चार खेलपछि गोल गर्न सफल भएको हो । अन्तरिम प्रशिक्षक लाम्पार्डको टोलीले पहिलो हाफको अन्तिमतिर बराबरी गोल खायो । ४२ औँ मिनेटमा ड्यानी वेलब्याकले पासकल ग्रासको पासमा बराबरी गोल फर्काएका हुन् ।

६९ औँ मिनेटमा जुलियन इन्चिसोले गोल गरेपछि चेल्सी पुन: स्तब्ध भएको हो । चेल्सीले पछिल्ला ६ खेलमा जित निकाल्न सकेको छैन । पराजित टिम प्रिमियर लिग तालिकाको ११ औँ स्थानमा छ । ३९ अंक मात्र जोडेको टिमको शीर्ष चारको सम्भावना लगभग सकिएको छ । ब्राइटन भने ४९ अंकसहित तालिकाको ७ औँ स्थानमा छ ।

    सम्बन्धित समाचार...