२२ बैशाख २०८१, शनिबार

उपाधि होडको सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटायो

chelsea vs man city

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ । जितसँगै उपाधि होडको सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दूरी ३ मा घटायो ।

गएराति घरेलु मैदान इतिहादमा सिटीलाई जिताउन नर्वेजियन स्टार अर्लिङ हालान्डले दुई गोल गरे । पाँचौँ मिनेटमा रोड्रीको पासमा जोन स्टोन्सले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । १३ औँ मिनेटमा ब्राउट हालान्डको पेनाल्टी गोलमा सिटीले अग्रता दोब्बर बनायो । केभिन डिब्रुएनाको पासमा हालान्डले २५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले पहिलो हाफमै ३ – ० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा केही सम्हालिएको प्रदर्शन गरेको लेस्टरले ७५ औँ मिनेटमा सान्त्वना गोल फर्कायो । केलेची ल्हेनाचोले लेस्टरका लागि गोल गरेका हुन् ।

जितसँगै सिटीको ३० खेलमा ७० अंक भएको छ । समान खेलमा ७३ अंकसहित आर्सनल शीर्ष स्थानमा छ । सिटीको जितले मिकेल अर्टेटाको आर्सनललाई दबाब थपिएको छ ।

गएरातिनै तेस्रो स्थानको न्युक्यासल भने एस्टोन भिल्लासँग ३ – ० ले पराजित भयो । एस्टोनको जितमा वले वाटकिंग्सले २ र ज्याकोव राम्सेले १ गोल गरे ।

पराजित न्युक्यासले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक दूरी घटाउने मौका गुमायो । तेस्रो स्थानको न्युक्यासलको ३० खेलमा ५६ अंक छ । एक खेल कम खेलेको युनाइटेडको पनि समान अंक छ ।

यस्तै राति नै भएका अन्य खेलमा बर्नमाउथले टोटेनहमलाई ३ – २ ले हरायो । एभर्टन फुलहमसँग ३ – १ ले पराजित भयो । वुल्भसले ब्रेनफोर्टलाई २ – ० र क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई २ – ० ले नै पराजित गरे ।

    सम्बन्धित समाचार...