१६ बैशाख २०८१, आईतवार

आईपीएल- तीन रनको रोमाञ्चक जित निकाल्दै राजस्थान शीर्ष स्थानमा

RAJASTHAN ROYALS

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्समाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अन्तिम समयसम्म प्रयास गरे पनि चेन्नईको हार टार्न सकेनन् ।

चिदाम्बरम स्टेडियममा टस जितेर चेन्नईले फिल्डिङ गर्ने निर्णय लियो । राजस्थानले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । पहिलो विकेटका रुपमा यसस्भी जैसवाल १० रनमा आउट भए । जोस बटलर र देवदत्त पाडिकलले इनिङस् अघि बढाए । देवदत्त ३८ रन बनाएर मैदान बाहिरिए । त्यसपछि आएका कप्तान सन्जु सामसनले खाता खोल्न सकेनन् । उनी जडेजाको बलमा बोल्ड भएका थिए । रविचन्द्रन आश्विनले ३० रन जोडे । बटलरले ३६ बलमा ५२ रनको योगदान गरे । सिमरन हिटमायर ३० रनमा अविजित रहे । आकाश सिंह, तुसार देशपान्डे र जडेजाले २ – २ विकेट लिए ।

जवाफमा चेन्नईले ६ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो । डेभोन कनवेले ५० र अजिंक्य रहानेले ३१ रन बनाए । मध्यक्रमका ब्याटरले दोहोरो रन छुन सकेनन् । शिभम् दुवे ८, मोइन अली ७ र अम्बाती रायडु एक रनमा आउट भए । जडेजा र धोनीले चेन्नईको आशा जगाएका थिए । तर सफल भएनन् ।

    सम्बन्धित समाचार...