२१ बैशाख २०८१, शुक्रबार

ब्याज घटाउने निर्णयले नेप्से उत्साहित, बढ्याे काराेबार

share market for all

ब्याज घटाउने बैंकर्स संघको निर्णयले शेयर बजार भने उत्साहित भएको छ । ब्याज घटाउन निर्णय सार्वजनिक भएकै दिन बुधबार शेयर बजार उकालो लागेको छ ।

राष्ट्र बैंकको कसिलो नीति विस्तारै खुकुलो बनाउने लक्ष्य लिएको छ । राष्ट्र बैंकको यस्तो लक्ष्य र वैशाख १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने बैंकर्स संघको निर्णयले शेयर बजारमा सुधार आएको हो ।

साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ४.९३ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्से ९२.२२ अंकले वृद्धि भई १९६३.५५ अंकमा बन्द भएको छ । बैंकिङसहित सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकम समेत बढेको छ । बुधबार बैंकिङ उपसूचक नै ५.४६ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ६.८४ प्रतिशतले बढेको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा पनि कारोबारा रकमले भने लगानीकर्तामा अझै विशवस्त हुन नसकेको देखाउँछ । जसले गर्दा कारोबार रकम २ अर्ब पनि पुग्न सकेन । बुधबार ४७ हजार २८५ वटा कारोबारमा ६१ लाख ७ हजार ४२५ कित्ता सूचीकृत धितोपत्र कारोकार हुँदा १ अर्ब ९७ करोड ६१ लाखको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको मात्रै ११ करोड ७१ लाख रुपैयाँको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड ३० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य पनि बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको थियो ।

प्रि-ओपन सेसनमा नेप्से ९.५३ अंकले बढ्याे

आज बिहीबार प्रि-ओपन सेसनमा सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ ।

यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित समाचार...