१५ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिग: घरेलु मैदान मै मिलानसँग पराजित बेन्फिका

milan

च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगको अर्को खेलमा इन्टर मिलानले बेन्फिकालाई उसकै मैदानमा २ – ० गोलले पराजित गरेको छ।

पोर्चुगिच क्लब बेन्फिका र इटालियन इन्टर बीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५१ औँ मिनेटमा इन्टरले खेलमा अग्रता बनायो । निकोलो बरेलाले हेडर गोल गरेका थिए । लिस्बनमा बेन्फिकाले आफ्नै समर्थक अघि संघर्ष गर्दा इन्टर उत्कृष्ट देखियो । ८२ औँ मिनेटमा सब्सिच्युट रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेन्फिकाविरुद्धको दूरी २ – ० मा पुर्‍याए ।

इन्टरकै पूर्व खेलाडी जोवाओ मारियोबाट ह्यान्डबल भएपछि पेनाल्टी प्रदान गरिएको थियो । जसमा चेल्सीबाट लोनमा गएका बेल्जियन लुकाकु चुकेनन् । यो खेलअघि सम्म इन्टर खराब फर्मबाट गुज्रिएको थियो । उसले पछिल्ला ६ खेलमा जित हात पार्न सकेको थिएन । तर इन्टरले युरोपियन प्रतिस्पर्धामा पोर्चुगिच टिम एघार अवे खेलमा दोस्रो जित हात पार्न सफल भयो ।

बेन्फिकाले भने १८ युएफाको खेलमा गोल गर्न नसकेको यो पहिलो पटक हो । उसको यो सिजनको १३ औँ युरोपियन खेल हो । बेन्फिकाले गत अगस्टमा च्याम्पियन्स लिगको तेस्रो चरणको छनोट खेलदेखि आफ्नो यात्रा सुरु गरेको हो ।

    सम्बन्धित समाचार...