१६ बैशाख २०८१, आईतवार

सानदार जितसँगै सिटी च्याम्पियन्स लिगको सेमिफाइनल नजिक

3682842 74946768 2560 1440

म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ । गएराति भएको क्वाटरफाइनल पहिलो लेगमा प्रिमियर लिग क्लब सिटीले बायर्न म्युनिखमाथि ३ – ० गोलको सहज जित हात पारेको हो ।

घरेलु मैदान इत्तिहादमा सिटीले २७ औँ मिनेटमा अग्रता लिएको थियो । उसका लागि बर्नान्डो सिल्भाको सहयोगमा रोड्रीले डेडलक तोडेका हुन् । रोड्रीले सन् २०१६ नाभेम्बर यता युएफा प्रतिस्पर्धामा गरेको यो पहिलो गोल हो ।

सिटीका पूर्व फरवार्ड लियोरी सानेले दोस्रो हाफको सुरुवातमै बराबरी गोलको सुनौलो अवसर पाएका थिए । तर सिटीका गोलकिपर एडर्सनले सफल हुन दिएनन् । ७० औँ मिनेटमा सिल्भाले अर्लिङ हालान्डको पासमा अग्रता दोब्बर बनाए ।

७६ औँ मिनेटमा हालान्ड आफैँले गोल गरेपछि सिटी पहिलो लेगमा ३ – ० को अग्रतासहित बलियो स्थितिमा पुगेको छ । हालान्डको जारी सिजन सबै प्रतिस्पर्धामा गरी यो ४५ गोल हो ।

थोमस टुखेलको टोली बायर्नले सन् २०१७ यता च्याम्पियन्स लिगमाव्यहोरेको यो पहिलो फराकिलो हार हो । त्यसबेला पेरिस सेन्ट जर्मेन पीएसजीसँग ३ – ० नै पराजित भएको थियो । नकआउटमा भने यसअघि सन् २०१५ मा सेमिफाइनल पहिलो लेगमा बार्साले यही स्कोरमा जर्मन क्लबलाई हराएको थियो ।

    सम्बन्धित समाचार...