२८ बैशाख २०८१, शुक्रबार

रोकियो उद्योग वाणिज्य महासंघको मतदान

fncci election

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदान रोकिएको छ ।

निर्धारित समयभन्दा साढे २ घण्टा ढिला गरी कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतदान मत बदरको विषयमा विवाद हुँदा रोकिएको हो ।

जिल्ला नगरका मतदाताले एसोसिएटतर्फको मतदानस्थलमा आएर होहल्ला गरेपछि मतदान अवरुद्ध भएको हो । यसअघि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि बदर र सदर मतका विषयमा विवाद हुँदा मतदानमा ढिलाइ भएको थियो । प्रज्ञा प्रतिष्ठानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

महासंघका ६४ मध्ये ४ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ६० पदमा आज १ सय १२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५५ जना कार्यसमिति सदस्य निर्वाचनमार्फत चुनिनेछन् ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । जसअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनेछ । ढकाल चैत ३० देखि स्वतस् महास‌ंघको अध्यक्ष बन्नेछन् ।

महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण वरिष्ठ उपाध्यक्षको पदमा सबैको चासो रहने गरेको छ ।

    सम्बन्धित समाचार...