२९ बैशाख २०८१, शनिबार

चीनका ७१ सैन्य विमान र नौ जहाज ताइवानको वरिपरि, अमेरिकाले भन्यो : हामी चाल हेरिरहेका छौं

china fighter jets in taiwan

ताइवानका राष्ट्रपतिको अमेरिकाको भ्रमणबाट चीन र ताइवानमा तनाव फैलिएको छ। ताइवानका सञ्चारमाध्यमहरुले दाबी गरे अनुसार शनिबार चीनका ७१ सैन्य विमान र ९ जहाज ताइवानको सीमा क्षेत्रमा नजिक देखिएका छन्।

ताइवानका रक्षा मन्त्रालयका अनुसार ४५ विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए।

यस्तै, ताइवानस्थित अमेरिकी दूतावासले आइतबार एक विज्ञप्ती जारी गर्दै अमेरिकाले चीनको युद्ध अभ्यासमाथि आफ्नो नजर राखि रहेको बताएको छ।

सञ्चारमाध्यमहरुका अनुसार ताइवानको रक्षा मन्त्रालयले चीनका ती विमानहरुको ताइवानको सीमा क्षेत्रमा ट्रेक गरेको थियो। विमानहरुमा जे-१०, जे-११ र जे-१६ सामेल रहेका थिए।

    सम्बन्धित समाचार...