२९ बैशाख २०८१, शनिबार

यी गायिकासँग विवाह गर्न चाहन्थे ओसामा बिन लादेन

osama bin laden and whitney houston love

अमेरिकी गायिका व्हिटनी ह्यूस्टन सर्वकालिन लोकप्रिय गायिकाका रुपमा चिनिन्छिन् । उनी अश्वेत थिइन्, तर उनको स्वरमा जादु थियो । विश्व उनको गीतबाट मोहित थियो । उनका २० करोड गीत बिकेका छन् । ८ ग्रामी, २ एमी अवार्ड उनले जितेकी छन् । उनको नाम गिनीज बुकमा २८ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

विश्वका प्रख्यात आतंकवादी ओसामा बिन लादेन पनि व्हिटनीको ठूलो फ्यान थिए । लादेन व्हिटनीको पतिको हत्या गरेर व्हिटनीसँग विवाह गर्न चाहन्थे । व्हिटनीको जीवनमा राम्रो नराम्रो सबै समय आयो । धन, इज्जत, लागुऔषध, रंगभेदको पीडा, समलिंगी सम्बन्ध, पति र छोरी, माता पिताबाट अलग, डिप्रेशन, करियरमा गिरावट भइरहँदा ४८ वर्षको उमेरमा उनको रहस्यमयी तरिकाले मृत्यु भयो ।

लादेन व्हिटनीप्रति यती मोहित थिए कि उनी आफ्नो पत्नी बनाउन चाहन्थे । उनी आफ्नो खार्तुम(सुडान)स्थित मेन्सन पनि व्हिटनीको नाममा सार्न चाहन्थे । ओसामाका लागि व्हिटनी विश्वकै सुन्दर महिला थिइन् । यो कुरा लादेनको सेक्स स्लेव रहेको सुडानियन अमेरिकन उपन्यासकार कोला बूफले आफ्नो अटोबायोग्राफी ‘ए डायरी अफ ए लास्ट गर्ल’मा लेखेका थिए ।

१९९६ मा कोला बूफ ६ महिनासम्म मोरक्कोमा लादेनको सेक्स स्लेव रहेकी थिइन् । उनलाई बन्दी बनाएर राखिएको थियो । बूफलाई कैयौंपटक लादेनले बलात्कार पनि गरेका थिए । बूफको पुस्तकमा लादेन प्रायः व्हिटनीको बारेमा कुरा गर्ने र उनको मुस्कानमा फिदा हुने गरेको उल्लेख छ ।

बूफको पुस्तकमा लादेनले व्हिटनीसँग भेट्न चाहेकाले उनलाई भेट गराइदिने व्यक्तिलाई मात्र करोडौं रुपैंयाँ रकम दिन तयार थिए । तर यसो हुन सकेन । लादेन व्हिटनी हृदयबाट एक मुस्लिम भए पनि अमेरिकी संस्कृतिको बहकाउमा लागेर क्रिश्चियन बनेको मान्यता राख्थे ।

व्हिटनीले सन् १९९३ मा गायक बोबी ब्राउनसँग विवाह गरेका थिए । बोबीप्रति लादेनको ठूलो रिस थियो । त्यहीकारण उनी जहिल्यै बोबीलाई घृणा गर्थे । उनी प्रायः बोबीलाई कसरी मार्न सकिन्छ भनेर सोच्दथे ।

    सम्बन्धित समाचार...