१७ बैशाख २०८१, सोमबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

dhaka16810270001681029636

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयाेग माग गरेको अडिओ बाहिरिएको छ ।

आइतबार सार्वजनिक भएको अडिओमा सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै साढे २ करोड रुपैयाँ मागेकाे सुन्न सकिन्छ ।

अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन ?’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।’

यससँगै पार्टीले सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालेकाे छ । श्रेष्ठलाई कारबाही प्रक्रिया थालिएकाे रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    सम्बन्धित समाचार...