१७ बैशाख २०८१, सोमबार

रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता

Ukraine children returnto home

रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता भएका छन् । रुस नियन्त्रित क्रिमियाबाट तीसभन्दा बढी बालबालिका युक्रेन फिर्ता भएका हुन् ।

युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो । युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन् ।

युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ । युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ ।

बालबालिकाले रुसले आफ्ना अभिभावकहरु खोजी नगरेको र अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् । केही बालबालिकालाई पाँच महिनामा पाँच पटक स्थान परिवर्तन गरिएकोबारे रुसी परराष्ट्र मन्त्रालयले कुनै पनि टिप्पणी गर्न चाहेन ।

मस्कोले हजारौं युक्रेनी बालबालिकालाई रुस नियन्त्रित क्षेत्रहरुबाट लगेको घटनालाई लुकाएको छैन । तर द्वन्दग्रस्त क्षेत्रहरुबाट बालबालिका र अनाथको सुरक्षाको लागि अभिभावकको सहमतिमा लगिएको भन्दै रुसले मानवीय अभियान भएको जनाएको छ ।

गत महिना अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बालबालिका अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभालाई युक्रेनबाट बालबालिका अपहरण गरेकाले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको आरोपलाई अस्वीकार गरेको रुसले पक्राउ पुर्जीको तुक नभएको प्रतिक्रिया दिएको छ ।

Ukraine children returnto home 1

    सम्बन्धित समाचार...