३ जेष्ठ २०८१, बिहीबार

गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउँदा जमिन भासिँयो, स्थानीयको भागाभाग

dd

ललितपुरको बखुन्डोलमा निर्माणधीन समिट अपाटमेन्ट बनाउने क्रममा स्थानीयको घर र जमिन भासिएपछि स्थानीय भागाभाग भएको छ ।

अपाटमेन्ट बन्दै गरेको ठाउँ वरिपरिका स्थानीयका घरहरू भासिनुका साथै जमिन चिराचिरा परेपछि शुक्रबार राति सो क्षेत्रका स्थानीयको भागाभाग भएको थियो ।

के कारण जमिन भासियो भन्ने जानकारी नआएको स्थानीय प्रहरीले जानकारी दिएको छ । घर र जमिन भासिएपछि स्थानीय भागदौड गर्दा १० जना घाइते भएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । अपाटमेन्ट वरिपरिका घरहरू एकतला भन्दा बढी भासिएको स्थानीय सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयले दाबी गरेका छन् । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन शुरू गरेपछि घर भासिन पुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

पीडित स्थानीयले आफूहरूको बास बस्ने ठाउँ नभएकाले तत्काल बासको व्यवस्था गरिदिन आग्रह गरेका छन् । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...