१७ बैशाख २०८१, सोमबार

न्यौपानेले छाडे नेकपा एस

mukunda neupane

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छोड्नुभएको छ । एकीकृत समाजवादीको संस्थापक नेता न्यौपानेले  शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागकाे घोषणा गर्नुभएको हो । 

न्यौपाने पार्टी परित्याग गर्दै एकीकृत समाजवादी अवसरवादमा लिप्त भएको आरोप समेत लगाउनु भएको छ । एकीकृत समाजवादीले अहिलेसम्म परिचय र  पहिचान दिन नसकेको उहाँको आरोप छ । 
‘सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने’ नेता न्यौपानेकाे भनाइ छ ।  जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा छन्’ उहाँले भन्नुभयाे । 

नेता न्यौपानेले माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मतबारे कुनै छलफल नभएको दुखेसो समेत व्यक्त गर्नुभएको छ । ‘यस्तो पार्टीको सदस्य भएर बस्नु भन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ’  उहाँले  भन्नुभयाे ।  

नेता न्यौपानेले देशभरका नेता कार्यकर्ता समेटेर आफू एमालेमा समाहित हुने तयारी रहेको जानकारी दिनुभएको छ । उपयुक्त पद दिए एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने उहाँको दाबी छ ।

नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा गएका नेता तथा कार्यकर्ताले पछिल्लो समय पार्टी परित्याग गर्ने क्रम बढेको छ । केही दिनअघि केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चुडामणि जंगलीले पनि पार्टी परित्याग गर्नुभएको थियो ।

111111111111111111111111.jpg
222222222222222222.jpg

    सम्बन्धित समाचार...