३ जेष्ठ २०८१, बिहीबार

ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना, पंखा नजिककाे घरकाे छानामा खस्याे

airdynistey
झरेको हेलिकप्टरको पंखा

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । डायनेस्टीको हेलिकप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।

दुर्घटनाामा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएर अस्पताल नजिकको घरको छानामा खसेको छ । तर मानवीय क्षति भने भएको छैन । दुर्घटनाबारे अनुसनधान भइरहेको छ । हेलिकप्टरका चालक दल सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनु्सार हेलिकप्टर भरतपुरमा रहेका बिरामी लिन डाक्टरसहित जानको लागि विमानस्थलबाट अस्पताल लगिएको हो ।

    सम्बन्धित समाचार...