२० बैशाख २०८१, बिहीबार

अध्यक्ष ओलीको प्रधानमन्त्री दाहाललाई सुझाव- भारत भ्रमणमा सीमा अतिक्रमणको विषय उठाउनुपर्छ

kp oli 1

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा सीमा अतिक्रमणको विषय उठाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको चर्चा भइरहँदा बिहीबार काठमाडौंमा गरिएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सीमा सुरक्षाका लागि भारतसँग खुलेर बहस गर्न सुझाएका हुन् ।

ओलीले मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेको जनाए । तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धलाई हिंसाको संज्ञा दिएका उनले त्यस बेलाका विषयलाई राष्ट्रिय उत्सवका रुपमा मनाउने घोषणा नगर्न सरकारलाई सुझाव दिए ।

सरकारका यस्ता गतिविधिले शान्तिप्रक्रिया टुंग्याउनसमेत समस्या हुने उनको भनाइ छ । ओलीले १८ वर्षसम्म चुपचाप बस्ने र अहिले हतारमा छलफलसम्म नगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाइएको भन्दै आपत्ति जनाए ।