१३ बैशाख २०८१, बिहीबार

प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राख्नु संविधान विपरित : नेता कोइराला

dr shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नता डा शेखर कोइरालाले प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राख्नु संविधान बिपरित भएको बताएका छन्।

नेता कोइरालाले मंगलबार समाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राख्नु संविधान बिपरित भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘मर्यादाक्रममा प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान बिपरित छ। संविधानको धारा २८४ ले प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ। स्मरण रहोस: संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायलयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो। तर नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त बिपरित जान हुदैन भन्दै न्यायलयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो।’